काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरूद्ध विराटनगर किंग्सले टस जितेको छ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ सुरु गरेको छ।
दुवै टोली प्लेअफमा पुगिसकेका छन्। विराटनगर किङ्सलाई शीर्ष २ मा पर्नका लागि राम्रो अन्तरको जित आवश्यक छ।
सुदूरपश्चिम भने पराजित भए पनि शीर्ष स्थानमै रहने पक्का छ। उसले अपराजित यात्रा जारी राख्दै आफ्नो दबदबा कायमै राख्ने लक्ष्यमा छ।
प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार













प्रतिक्रिया