काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संगठनात्मक संरचना अभिसरण गर्ने निर्णय गरेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टीका सबै पङ्क्तिलाई सर्कुलर जारी गर्दै प्रदेश, जिल्ला र पालिकास्तरका इन्चार्जसहित नेतृत्व संरचना टुंग्याउन निर्देशन दिएका हुन्।

सर्कुलरमा इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजक तोक्ने तथा सबै तहका समितिहरूलाई विधानअनुसार पुनर्गठन गर्ने उल्लेख छ। त्यस्तै, केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन तय गर्ने प्रक्रिया पनि अघि बढाइने जनाइएको छ।

advertisement

पार्टीले एकता प्रक्रियालाई संस्थागत गर्दै चुनावी तयारीमा केन्द्रित हुन सबै संरचनालाई आह्वान गरेको छ। प्रचार–प्रसारलाई योजनाबद्ध र आधुनिक ढंगले सञ्चालन गर्नका लागि विस्तृत कार्ययोजना पछि पठाइने बताइएको छ।

सर्कुलरमा पार्टी एकताको औचित्य, सहमति र नीति–कार्यक्रमको व्यापक प्रचार गर्न, कार्यकर्ताबीच समझदारी र भावनात्मक एकता बढाउने सामग्री उत्पादन गर्न तथा सबै माध्यममार्फत चुनाव चिन्ह पाँच कुने तारा प्रचार गर्ने निर्देशन दिइएको छ।

युवा पुस्ता र आधारभूत वर्गलाई पार्टीमा आकर्षित गर्न प्रभावकारी सामग्री प्रवाह गर्न, पुराना र असावधान शैलीका प्रचार अभ्यास त्यागी आधुनिक प्रविधिको उपयोग बढाउन पनि सुझाव दिइएको छ।

आगामी निर्वाचनका तयारी स्वरूप सबै तहमा राजनीतिक दल, सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायसँग आवश्यक समन्वय र संवाद गर्ने कार्यलाई प्राथमिकतामा राखिएको पार्टीले जनाएको छ।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com