काठमाडौ । विराटनगर किंग्सका फाफ डू प्लेसिसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कीर्तिमानी अर्धशतक पूरा गरेका छन् ।

सुदूरपश्चिम रोयल्सका विरुद्धका उनले १९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी छिटो अर्धशतक हिर्काउने खेलाडी बने । यसअघि काठमाडौँ गोर्खाजका भीम सार्कीले पनि पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै अर्धशतक पूरा गरेका थिए ।

advertisement

जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी हर्मित सिंहले पनि काठमाडौँविरुद्ध १९ बलमा अर्धशतक जोडेका थिए । यसअघि गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ ।

 

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com