काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ गर्न दबाब दिइरहेको दाबी गरेका छन्।
पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री आफ्नो जिम्मेवारीभन्दा बाहिर गएको आरोप लगाए।
उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्यो भन्ने माग गर्नुस् भनेर दबाब दिए । तर उनले यस्तो झूटो काम म गर्न सक्दिनँ भनेपछि तिनलाई तुरुन्तै हटाएर अर्कोलाई ल्याइयो।’
उनले सरकारले राजदूत फिर्ता, अध्यादेश जारीलगायतको काम गरेकोप्रति आपत्ति जनाए। उनले सरकारलाई आफूले पाएको जिम्मेवारीमा केन्द्रित हुने आग्रह गरे।
प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार













प्रतिक्रिया