काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशमा एमाले बाहेकको नयाँ सत्ता गठबन्धन निर्माण हुने दाबी गरेका छन्। मधेस प्रदेशमा बनेको नयाँ राजनीतिक समीकरण अब अन्य प्रदेशमा पनि फैलिने उनले बताएका छन्।

मधेस प्रदेशस्तरको एकता सन्देश सभामा बोल्दै प्रचण्डले मधेसमा सरकार गठनका क्रममा पुरानो समीकरण भन्दा फरक ढाँचा बनेको र यही मोडेल अन्य प्रदेशमा प्रतिरूपित हुने दाबी गरे। उनका अनुसार जेनजी आन्दोलनले देशका राजनीतिक दललाई आत्मसमीक्षाको अवसर दिएको र त्यसपछि व्यापक एकता तथा रूपान्तरणको प्रक्रियामा आफूहरू लागेको बताए।

advertisement

प्रचण्डले एमालेभित्रको असन्तुष्ट समूह क्रमशः नेपाली कम्युनिस्ट पार्टीतर्फ आकर्षित हुने दाबी गर्दै नयाँ राजनीतिक पुनर्संरचनाले देशको विकासमा नयाँ गति दिने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com