जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रारम्भिक मन्त्रिपरिषद् गठन गर्दै तीनजना मन्त्री नियुक्त गरेका छन्।
उनले नेपाली कांग्रेसका जंगीलाल राय, जनमत पार्टीका महेश प्रसाद यादव र नेकपा (एकीकृत समाजवादी)का कनिस पटेललाई मन्त्रिपद प्रदान गरेका हुन्।
नवनियुक्त मन्त्रीमध्ये जनमत पार्टीका महेश प्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। भने कांग्रेसका राय र समाजवादीका पटेलको मन्त्रालय भने अझै तोकिएको छैन।
तीनै मन्त्रीलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका छन्।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार













प्रतिक्रिया