काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबार क्षेत्रको अवलोकन गरेकी छन्।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरी प्रदर्शनकारीहरूले आगजनी गर्दा भएको क्षतिको अवस्था प्रत्यक्ष हेर्न उनले आइतबार भ्रमण गरेकी हुन्। अवलोकनका क्रममा उनले ध्वस्त भएका संरचना र ऐतिहासिक महत्वका भवनहरूमा पुगेर क्षतिको निरीक्षण गरिन् र राज्यको सम्पत्तिमाथि भएको नोक्सानीप्रति दुःख व्यक्त गरिन्, उनका निकट स्रोतले जनाएका छन्।

advertisement

सिंहदरबार अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता पनि गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्ति सुरक्षा र क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणसम्बन्धी विषयमा कुराकानी भएको बताइएको छ। भेटका क्रममा प्रधानमन्त्री कार्कीले घटनाको छानबिन प्रक्रिया र पुनर्निर्माण योजनाबारे पूर्वराष्ट्रपतिलाई जानकारी गराएकी थिइन्।

गत भदौ २३ र २४ गते युवाहरूको ठूलो समूहले सशक्त आन्दोलन गर्दै सडकमा प्रदर्शन गरेका थिए। प्रदर्शन अनियन्त्रित हुँदा सिंहदरबार परिसरमा प्रवेश गरी सरकारी कार्यालय र भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।

हाल सरकारले सिंहदरबारको सुरक्षा व्यवस्था कडा गर्दै प्रभावित संरचनाहरूको पुनर्निर्माणमा काम अघि बढाएको छ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com