बर्दिया। राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गरिएको गरिएको छ ।

अचेत अवस्थामा थारु घरमा फेला परेपछि उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।

advertisement

गोली उनको गाला र दुबै कानमा लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट गोलीका खोका फेला परेको प्रनि कार्कीले बताए ।

उनको शव पोष्टमार्टमका लागि नेपालगन्जमा राखिएको र रिर्पोट आएपछि थप जानकारी प्राप्त हुने उनको भनाइ छ । दाङ, तुलसीपुर नगरपालिका– ५ का निरज थारुको गोली प्रहार गर्ने मानिस मोटरसाइकलमा फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली काण्डबारे पोष्टमार्टमको रिर्पोट नआए सम्म विस्तृत जानकारी दिन नसकिने बताएको छ । कसले र किन हत्या गरेको हो भन्ने खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयले अनुसन्धान जारी राखेको छ ।

 

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com