काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार परिसरमा निर्माण भइरहेको सङ्घीय संसद् भवनका कामको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले भवनभित्र ‘जेनजी सहिदका सालिक’ निर्माणका लागि आवश्यक स्थानको अवलोकनसमेत गरे।
मन्त्री अर्यालसँग जेनजी सहिदका परिवार, मन्त्रालयका कर्मचारी र सचिवालय सदस्यहरू पनि सहभागी थिए। समूहले सालिक निर्माणका लागि उपलब्ध क्षेत्र र त्यहाँको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको थियो।
सरकारले भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा ‘जेनजी स्मारक पार्क’ निर्माण गर्ने निर्णय गरेको थियो। त्यसपछि कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले ४२ जना जेनजी युवा र तीन सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको थियो।
निरीक्षणका क्रममा मन्त्री अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभाका मुख्य बैठक कक्ष, ग्यालरी तथा निर्माण प्रगतिबारे प्राविधिक टोलीसँग जानकारी लिँदै परियोजना तोकिएको समयमै सकिनेबारे चासो व्यक्त गरे।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया