दाङ । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुरतर्फ आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारास्थित सडक खण्डमा दुर्घटनामा परेको छ।
दुर्घटनाका बेला बसमा यात्रु नरहेको प्रहरीले जनाएको छ। बस चालक गम्भीर रूपमा घाइते भएका छन् र तत्कालै उपचारका लागि बागचौर लगिएको बताइएको छ।
दुर्घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान जारी रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया