काठमाडाैं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य तोलामा दुई लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुनको मूल्य दुई लाख ५२ हजार दुई सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आइतबार तीन हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ५८५ रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया