काठमाडाैं ।  प्रतापपुर गाउँपालिकामा जेनजी अगुवा विशाल धवल कुटिएका छन् ।

आइतबार दिउँसो पालिका परिसरमा छिर्न खोज्दा मेयरद्वारा परिचालित समुहले जेनजी युवालाई कुटेका हुन्।
स्रोतका अनुसार विशाललाई प्रहरीले नियन्त्रणमा लिएको छ र उनलाइ भेट्ने क्रममा मदन कोइरी, विनय कुशहवाको बाबुछोरामाथी उक्त समुहले आक्रमण गरेका थिए । हाल उनिहरूको अस्पतालमा उपचार भैरहेको छ ।

advertisement

जेनजीमाथी आक्रमण गर्नेहरू रास्ट्रीय मावी छिनवीका शिक्षक सन्ताेष यादव, सुस्ता-३ का भुषण यादव र प्रतापपुर-८ का विरेन्द्र काेइरी रहेकाे जेनजी समुहले बताएका छन्।

जेनजी आन्दोलनको क्रममा मेयरको घर समेत जलाइएकाे थियो।
मेयरले आफुहरूलाइ पालिका परिसरमा प्रवेश राेक लगाएकाे जेनजीहरूले दाबी गरेका छन् । त्यस्तै मेयरले उनिहरू जेनजी नभइ अपराधी भएकाे आराेप लगाएका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com