काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औं महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका छन्।

भण्डारीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मनसाय सार्वजनिक गर्दै पार्टी नेतृत्व सम्हाल्ने स्पष्ट आकांक्षा व्यक्त गरे।

advertisement

उनले लेखेका छन्, ‘साथीहरूको जिज्ञासाको उत्तर– मेरो धारणा स्पष्ट छ। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा दृढ छ, त्यसका लागि आवश्यक दृष्टि पनि बनाइसकेको छु।’

उनका अनुसार देश, जनता, प्रजातन्त्र र संगठनको हित जहाँ उभिन्छ, त्यहीअनुरूप आफूले भूमिकाबाट पछाडि नहट्ने प्रतिबद्धता छ। भण्डारीले समयको माग, साथीहरूको सुझाव र राजनीतिक परिस्थितिप्रति संवेदनशील रहँदै अघि बढ्ने बताएका छन्।

उनले थप लेखेका छन्, ‘देश, जनता, प्रजातन्त्र र संगठनको आवश्यकताले जसरी माग गर्छ, शून्यदेखि सयको भूमिकासमेत निभाउन तयार छु। साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारको संकेतलाई सम्मान गर्दै अघि बढ्नुपर्छ।’

१४औं महाधिवेशनमा भण्डारी डा. शेखर कोइराला समूहबाट उप–सभापतिका उम्मेदवार बनेका थिए। सो निर्वाचनमा १ हजार ५८० मत प्राप्त गर्दै उनी चौथो स्थानमा रहेका थिए।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com