काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै देशमा सुशासन स्थापना गर्नेतर्फ सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन्।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा सञ्चारकर्मी समूहले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले सुशासन स्थापनालाई पछिल्लो जनआन्दोलनको प्रमुख माग रहेको स्मरण गराए। उनले पछिल्लो दुई महिनामा २५ भन्दा बढी ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता भइसकेको जानकारी दिए।
मन्त्री खरेलले सरकारले सतर्कता केन्द्र, अनुसन्धान ब्युरो, अख्तियारलगायतका संस्थामा कुनै हस्तक्षेप नगरेको र ती निकायहरूले स्वतन्त्र रूपमा प्रभावकारी काम गरिरहेको पनि उल्लेख गरे। साथै, आगामी निर्वाचनका लागि सरकारले आवश्यक सबै तयारी पूरा गरेको जानकारी पनि उनले दिए।
कार्यक्रममा मन्त्री खरेलले कलम चलाउने पत्रकारहरूलाई विशेष सन्देश दिँदै भने, ‘देशको नेतृत्वमा आउन पत्रकारहरूलाई अवसर प्राप्त भएको छ। आगामी निर्वाचनमा महिला पत्रकारहरूले राजनीतिमा आउँदै देश चलाउने साहस देखाउनुपर्छ।’
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार













प्रतिक्रिया