फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यमा व्यस्त सडकमा एउटा विमान आपतकालीन अवतरण गरेको छ । मेरिट आइल्याण्ड नजिकै आई–९५ हाइवेमा स्थानीय समय अनुसार सोमबार साँझ ५ः ४५ बजे एउटा सानो विमानले आपतकालीन अवतरण गरेको हो ।

गाडी गुडिरहेकै समयमा विमान अवतरण गर्दा एउटा कारसँग ठोक्किएको र कार चालक घाइते भएको जनाइएको छ । बीचक्राफ्ट ५५ मोडलको उक्त विमानमा २७ वर्षीय पाइलट र उनका साथी सवार थिए ।

advertisement

विमानको इन्जिनमा समस्या देखिएपछि हाइवेमै आपतकालीन अवतरण गराएको बताइएको छ । उक्त दुर्घटनामा विमान चालक र उनका साथी भने सकुशल छन् ।

दुर्घटनापछि केही घण्टा उक्त हाइवे बन्द गर्नुपरेको अधिकारीहरूले जनाएका छन् ।

  • एजेन्सी

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com