काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीसँग सम्बन्धित मुद्दाको सुनुवाइका लागि आज पनि नयाँ पेशी तोकिएको छ। मंसिर ११ गतेको सुनुवाइ लामिछाने पक्षका कानून व्यवसायीको अनुरोधमा स्थगित भएपछि अदालतले आजका लागि पेशी निर्धारण गरेको हो।

यद्यपि पेशी तोकिए पनि इजलास बस्ने–नबस्ने विषयमा अन्तिम टुंगो लाग्न बाँकी रहेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। बार एशोसिएसनको अधिवेशन चलिरहेको हुँदा सम्बन्धित पक्षका कानून व्यवसायीले पेशी हटाइदिन गरेको अनुरोध बारमार्फत अदालतमा पुगेको अदालतले जनाएको छ।

advertisement

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा कात्तिक १३ गतेपछिदेखि निरन्तर सारिँदै आएको छ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com