काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्न उक्साएको आरोप लगाएका छन्।
बिहीबार यातायात श्रमिक तथा व्यवसायीहरूको भेलालाई सम्बोधन गर्दै बस्नेतले भण्डारी र पोखरेलको यस्तो गतिविधिले आफ्नै उद्देश्य पूरा हुने आशा नगर्न चेतावनी दिएका छन्। उनले प्रधानमन्त्री सुशीला कार्की र ‘लुसिफर’हरूको नामसमेत लिएर स्पष्ट पार्दै भने, ‘कसैले पनि उचालेर आफ्नो लक्ष्य पूरा हुन्छ भन्ने भ्रममा नपरोस्।’
त्यसैगरी, बस्नेतले नेकपा एमाले फेरि बहुमतका साथ सरकार बनाउन सफल हुने दाबी पनि गरे। उनले पार्टीका नीतिहरू र नेतृत्व सुसंगठित रहेको भन्दै भने, ‘एमालेको नीति र नेता सही छन्, त्यसैले हाम्रो घमण्ड होइन, आत्मविश्वास छ। फेरि पनि हामीले केपी ओलीलाई बहुमतको प्रधानमन्त्री बनाएर देखाउनेछौं।’
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया