काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई कानुनी तथा नैतिक आधारविहीन भनेका छन्। प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार ‘फेद न टुप्पो’ नभएको भन्दै व्यंग्यात्मक शैलीमा आलोचना गरे।

ओलीले सरकार गठन प्रक्रियामै प्रश्न उठाउँदै कसैले ‘टपक्क टिपेर टाँसिदिएको’ सरकारजस्तो देखिएको दाबी गरे। उनले भने, “नागपञ्चमीमा गोबरमा नागको तस्बिर टाँसिदिएजस्तै, यो पनि कसले कहाँबाट ल्याएर टाँस्यो? म खोज्दैछु।”

advertisement

उनका अनुसार मतको आधार नभएको सरकारलाई राजनीतिक व्यवस्थाका विषयमा सहमति गर्ने अधिकार नै हुँदैन। रिहर्सलको पाठ जस्तै सरकारका निर्णयहरू गडबडिएको टिप्पणी गर्दै उनले प्राप्त सहमति स्वयं सरकारले नै च्यातेर हिँडेको आरोप लगाए।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com