काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले उच्च अधिकारीहरूको बयान लिने प्रक्रिया तीव्र पारेको छ। आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी र पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङको बयान बिहीबारदेखि सुरु गरेको हो।

आयोगका प्रवक्ता तथा पूर्व एआइजी विज्ञानराज शर्माका अनुसार दुवाडी र खापुङ दुवै जनाको बयान औपचारिक रूपमा अघि बढाइएको छ।

advertisement

यसअघि आयोगले सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालको बयान पनि लिइसकेको छ, जसको प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवक्ता शर्माले जानकारी दिए।

यस्तै आयोगले हालका नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीलाई पनि शुक्रबार बयानका लागि बोलाउने तयारी गरेको छ।

उच्च पदस्थ अधिकारीहरूको बयान प्रक्रिया अघि बढेपछि अब आयोग तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारीमा रहेको बताइएको छ। दुवै जनाबाट बयान लिने तरिका र प्रक्रिया आयोगका लागि चुनौतीपूर्ण विषय बनेको भए पनि, आयोगले आवश्यक विधिमा परेको बयान अवश्य लिने स्पष्ट गरेको छ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com