एजेन्सी ।  पाकिस्तानको उत्तरी वजीरिस्तानको मिर अली तहसीलको सरकारी विद्यालय बिहीबार राति भएको विनाशकारी विस्फोटले ध्वस्त भए पछि सय भन्दा बढी बालबालिका अध्ययन गर्ने ठाउँ विहीन भएको जनाइएको छ ।

द एक्सप्रेस ट्रिब्यूनले रिपोर्ट गरे अनुसार अज्ञात आक्रमणकारीहरूले खुशाली गाउँको अयाज कोट क्षेत्रको उक्त विद्यालयमा विस्फोट गराउदा विद्यालयको संरचना भग्नावशेषमा परिणत भएकाले शैक्षिक गतिविधिहरू रोकिएको जनाइएको छ ।

advertisement

जिल्ला शिक्षा विभागका अधिकारीहरूलाई उदृत गर्दै सयौं विद्यार्थीहरूका लागि महत्वपूर्ण शैक्षिक केन्द्रका रूपमा सेवा दिँदै आएको यस क्षेत्रको एक मात्र विद्यालय विस्पोटले क्षतिग्रस्त भएको द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ ।

विस्फोट पछि, अधिकारीहरूले क्षतिग्रस्त भवनलाई बन्द गरेर अस्थायी स्थानहरूमा कक्षाहरू पुनः सुरु गर्न वैकल्पिक व्यवस्थाहरूबारे विचार गरिरहेको बताएका छन् ।

अभिभावकहरूले बालबालिकाको भविष्य निर्माण स्थललाई आक्रमणकारीहरुले जानाजानी तोडफोड गर्ने प्रयासको गरेकोमा शोक तथा आक्रोश व्यक्त गरेका छन् ।

यस घटनाले सार्वजनिक संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारलाई झक–झकाएको छ भने अहिले सम्म कुनै समूहले विस्पोटको जिम्मेवारी लिएको छैन ।

जिल्ला प्रशासन कार्यलयले बम विस्फोटलाई शिक्षा विरोधी कार्य भन्दै निन्दा गरेको द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ ।

अधिकारीहरूले दोषीहरूलाई पक्राउ गरी चाँडै न्यायको आभास गराउने जनाएका छन् भने प्रहरीले विस्फोट स्थलबाट प्रमाण सङ्कलन गरेको छ ।

द एक्सप्रेस ट्रिब्यूनले रिपोर्ट गरे अनुसार प्रारम्भिक मूल्याङ्कनहरूले विस्पोटक उपकरणले टाढाबाट वा टाइमर संयन्त्रको माध्यमबाट विस्फोट गराएको सुझाब दिएको छ ।

 

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com