काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाल नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा उपस्थित नहुने भएका छन्।

महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा भक्तपुरको सल्लाघारीमा सुरु हुने छ। प्रचण्ड र माधव हाल सुर्खेत पुगेका छन् र त्यहाँ आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दैछन्।

advertisement

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट नेता देव गुरुङले उद्घाटन समारोहमा सम्बोधन गर्ने जानकारी प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले दिएका छन्।

एमालेले उद्घाटन समारोहमा नेकपा, कांग्रेस, रास्वपासहित जम्मा १६ दललाई सहभागिताका लागि आमन्त्रण गरेको छ।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com