काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन बिपी मार्ग हुँदै करिब तीन हजार सवारी साधनहरू काठमाडौं भित्रिएका छन् ।
महाधिवेशन उद्घाटनलाई लक्षित गर्दै पूर्वी नेपालका विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरू सवारी साधनसहित काठमाडौं प्रवेश गरेका हुन् ।सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, उदयपुर, खोटाङ, सोलुखुम्बु, महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायतका जिल्लाबाट आएका बस, मिनिबस, जिप, कार तथा भ्यानको सङ्ख्या करिब तीन हजार रहेको अनुमान गरिएको छ ।
ती सवारी साधनहरूमा झण्डा र ब्यानरसहित एमालेका नेता तथा कार्यकर्ताहरू काठमाडौं प्रवेश गरेका छन् ।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार













प्रतिक्रिया