काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीसँग न्यातपोल दरबार जस्तै गौरव र धरहरा जस्तो कठिनाइ झेलेर पनि उठ्न सक्ने शक्ति रहेको बताएका छन्।
एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै ज्ञवालीले महाधिवेशनमा न्यातपोल दरबार र धरहराको समावेशीकरणको कारणसमेत उल्लेख गरे।
उनी भने, ‘न्यातपोल दरबारले चारवटा भूकम्प झेलेको छ, तर आज पनि गौरवको प्रतीकका रूपमा उभिएको छ। धरहरा हामीले नवनिर्माणको प्रतीकको रूपमा राखेका छौं।’
ज्ञवालीले थपे, ‘धरहरा जस्तो अनेक धक्का पाए पनि हामी उठ्न सक्छौं। यसले हामीले दिन खोजेको सन्देश प्रकट गर्छ – न्यातपोलको गौरवशाली इतिहास जस्तै, धरहरा जस्तै चुनौती पार गर्दै पनि एमाले अघि बढ्नेछ।’
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार













प्रतिक्रिया