काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अजम्बरी भएको बताएका छन्। ११ औँ राष्ट्रिय महाधिवेशनको उद्‌घाटन सत्रमा बोल्दै उनले एमाले र लोकतन्त्र जीवन्त रहेको बताएका हुन्।

उनले उद्‌घाटन सत्रमा उपस्थित एमालेका मात्र नभएर समग्र जनता भएको बताए। उनले तीन महिनाअघि भएको जेनजी आन्दोलनको स्मरण गर्दै देश युद्धभूमिजस्तै जलेको बताएका छन्।

advertisement

उनले जेनजी आन्दोलनलाई संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमलाको संज्ञा दिए। ओलीले जेनजी आन्दोलनपछि पुराना पार्टी र नेताका दिन गए भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि उल्लेख गरेका छन्।

नेकपा एमालेको सान्दर्भिकता समाप्त भएको टिप्पणी भए पनि त्यो सही नभएको उनको भनाइ रहेको थियो।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com