काठमाडौं । शनिबारबाट सुरु भएको यू-१९ एसियाकप क्रिकेटमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ। एसिया कपको आफ्नो उद्घाटन खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो।
समूह ‘बी’ मा रहेको नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो। जहाँ नेपाल खराब ब्याटिङको सिकार हुँदै २८.५ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटिएको थियो।
नेपालका लागि सिब्रिन श्रेष्ठले १८ रन बनाउँदा सहिल पटेलले १२ तथा निरज कुमार यादवले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
श्रीलंकाका लागि सेथमिका सेननेभिराथीले ५ विकेट लिएका थिए भने रसिथा निमसरा, भिगनेध्वरन आकाश, दुलनीथ सिगेरा र चमिका हेनटिगलाले १-१ विकेट लिएका थिए।
श्रीलंकाका लागि दिमिथा महभिथाले ३९ रनको नटआउट इनिङ्स खेल्दा कभिजा गमेजाले २४ रनको अविजित इनिङ्स खेले। त्यस्तै, भिरन चमुदिथाले १० रन बनाएका थिए। नेपालका लागि दयानन्द मन्डलले १ विकेट लिए।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार












प्रतिक्रिया