← Back

Thank you for your response. ✨


काठमाडौं ।भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत र सहरी विकास मन्त्री कुलमान घिसिङले राज्यको विकास निर्माण जनताको आवश्यकताभन्दा पनि आफ्ना मान्छे केन्द्रित भएको टिप्पणी गरेका छन्।

झापाको कन्काई नदीमा आवश्यक पुल नबनाई भ्यु टावर निर्माण गरिएको उदाहरण दिँदै उनले जनताको आवश्यकता अनुसार लगानी हुन नसकेको बताए। पुल नहुँदा ५ मिनेटको दूरी तय गर्न ८० किलोमिटर घुम्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे। पुल बनाउन नसक्ने तर भ्यु टावरमा बजेट खर्च गर्ने प्रवृत्ति गाउँपालिकासम्म फैलिएको उनको भनाइ छ।

advertisement

‘आफ्ना मान्छेलाई काम दिन बजेट काटेर पठाइयो,’ उनले भने, ‘ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति बढेको छ।’ सिँचाइमा लगानी नहुँदा किसान समस्यामा परेको भन्दै आवश्यक क्षेत्रमा लगानी गर्नु नै राज्यको वास्तविक डेलिभरी भएको उनले बताए। अनावश्यक खर्च रोक्न आफू प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।

अर्काे प्रसंगमा मन्त्री घिसिङले पोखरा–चितवन–लुम्बिनीलाई जोड्ने सडक, विद्युत् र पर्यटनको त्रिकोण विकास गर्ने योजना अघि बढाएको बताए। गण्डकी प्रदेशलाई जलविद्युत् र पर्यटनको हब बनाउने लक्ष्यसहित पूर्वाधार विकासमा जोड दिएको उनको भनाइ छ।

उज्यालो नेपाल पार्टी गण्डकी प्रदेश संयोजक कुशल गुरुङको अध्यक्षतामा सम्पन्न प्रदेशस्तरीय भेलामा केन्द्रीय सदस्य रिमा विश्वकर्मा र सुमी मोक्तान लामाले पनि सम्बोधन गरेकी थिइन्।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com