एजेन्सी ।  संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

उप प्रवक्ता फर्हान हकका अनुसार, उक्त आक्रमण राजधानी न्यालाबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा भएको थियो । डारफुर र कोर्डोफान क्षेत्रमा बढ्दो हिंसाका कारण नागरिकमा ज्यान हानि र क्षति तीव्र रूपमा बढ्दै गएको छ । सोही दिन नर्थ डारफुरको कुटुम शहरमा भएको अर्को आक्रमणमा पनि नागरिकको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

advertisement

महासचिवले सबै नागरिक र नागरिक पूर्वाधारमाथि हुने आक्रमणको कडा निन्दा गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको पालना गर्न अनुरोध गरेका छन् ।

सुडानको गृहयुद्धको एक हजार दिन पुगेको अवस्थामा गुटेरेसले सबै प्रभावशाली राष्ट्रहरूलाई युद्ध तुरुन्त रोक्न र हतियार आपूर्ति बन्द गर्न पहल गर्न आग्रह गरेका छन् । साथै उनले सबै पक्षलाई तत्काल शत्रुता रोकेर वार्ता पुनः सुरु गर्न, दीर्घकालीन युद्धविराम कायम गर्न र समावेशी राजनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

यस द्वन्द्वमा दशौं हजार नागरिकको मृत्यु र करोडौं विस्थापित भएको छ, जसले विश्वकै ठूलो मानवतावादी सङ्कटमध्ये एक सिर्जना गरेको छ ।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com