काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छन्।
शनिबार कीर्तिपुरमा सम्पन्न फाइनल खेलमा लुम्बिनी च्याम्पियन बनेलगत्तै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले बधाई तथा शुभकामना व्यक्त गरेकी हुन्।
उनले क्रिकेटको यस प्रतियोगिताले राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थपेको बताइन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘नेपाल प्रिमियर लिगको च्याम्पियन लुम्बिनी लायन्सलाई बधाई। राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद।’
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्सले एनपिएलको उपाधि जितेको थियो।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार












प्रतिक्रिया