काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता आमोद प्रसाद उपाध्यायको निधन भएको छ। मोरङको विराटनगर निवासी उपाध्यायको उपचारका क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो।
उपाध्याय २०५१ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए। त्यसपछि २०५६ देखि २०५८ सालसम्म उनले शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०५६ सालको संसदीय निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित उपाध्याय पुनर्स्थापित व्यवस्थापिका–संसदमा पनि सक्रिय रहे।
दीर्घ राजनीतिक जीवनमा उपाध्यायले विभिन्न आन्दोलन र संघर्षमा सहभागिता जनाएका थिए। राजनीतिक कारणले पटक–पटक पक्राउ परी जेल जीवन बिताउनुका साथै उनले निर्वासनको कठिन समयसमेत भोगेका थिए।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया