काठमाडाैं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा काराेबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन ३ हजार ९०५ रुपैयाँमा काराेबार भएको चाँदी आज ८० रुपैयाँ घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया