एजेन्सी ।  सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । बङ्गलादेश सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले शनिबार राति जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।

विज्ञप्तिमा ‘युद्ध जारी रहेको छ’ भनिएको छ । तर घटनासम्बन्धी थप विवरण तत्काल सार्वजनिक गरिएको छैन ।

advertisement

यस घटनाप्रति बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले गहिरो दुःख र स्तब्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com