काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेकी छन्।
आइतबार राष्ट्रपति कार्यालय महाराजगञ्जमा आयोजित विशेष समारोहका अवसरमा राष्ट्रिय सुरक्षा परिषद्की अध्यक्षसमेत रहेकी प्रधानमन्त्री कार्कीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएकी हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नेपालको संविधानको धारा २६६ को उपधारा (३) मा व्यवस्था भएअनुसार उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको हो।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया