काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावकको भूमिका निर्वाह गर्न सुझाव दिएका छन्।
महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘उहाँ ११ वर्षदेखि पार्टी अध्यक्ष हुनुहुन्छ र ६ वर्ष प्रधानमन्त्री भइसक्नु भएकाे छ। अब गर्नु पर्ने नयाँ काम केही बाँकी छैन जस्तो लाग्छ।’
पोखरेलले थपे, ‘अब कमरेड ओलीले पार्टीको अभिभावकको रूपमा रहनु पर्छ भन्ने मेरो धारणा हो। वर्तमान परिस्थिति यही अनुरूप रहेको छ।’
साथै उपाध्यक्ष पोखरेलले नेतृत्वको जिम्मेवारी आफूहरूलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै भने, ‘अब नेतृत्वको जिम्मा हामीलाई दिनुहोस्। मेरो अवधारणालाई बुझ्नुस्। साथ र समर्थनको अपेक्षा छ।’
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया