काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः पार्टी राजनीतिमा सक्रिय हुन चाहे निर्धारित प्रक्रिया अनुसार नयाँ सदस्यताका लागि निवेदन दिनुपर्ने स्पष्ट पारेका छन्।

भृकुटीमण्डपमा जारी पार्टीको बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको पार्टी सदस्यताबारे प्रश्न उठाएपछि अध्यक्ष ओलीले जवाफ दिँदै राष्ट्रपतिको कार्यकाल अवधिको सात वर्षलाई पार्टी सदस्यतामा गणना गर्न नसकिने बताएका हुन्। उनले भण्डारीले पार्टीप्रति असन्तुष्टि वा घृणाका कारण सदस्यता त्यागेको नभई संवैधानिक व्यवस्थाका कारण राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा औपचारिक रूपमा पार्टीबाट अलग भएको स्मरण गराए।

advertisement

अध्यक्ष ओलीका अनुसार राष्ट्रपतिको हैसियतमा रहँदा भण्डारी राष्ट्रकै साझा अभिभावक भएकाले त्यस अवधिलाई पार्टी सदस्यतासँग जोड्नु कानुनविपरीत हुन्छ। पार्टीमा फर्किन चाहनु भए भावनामा होइन, यथार्थ र नियमअनुसार अघि बढ्नुपर्छ। सदस्य हुन चाहन्छु भन्ने स्पष्ट निवेदन पार्टीमा दिनुपर्छ,उनले भने।

ओलीले भण्डारी सेरेमोनियल पदमा रहेकाले कार्यकारी राजनीतिभन्दा बाहिरै रहेर अनावश्यक आलोचना र विवादबाट जोगिनु उपयुक्त हुने धारणा पनि व्यक्त गरे।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com