काठमाडौँ। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज उम्मेदवारीसँग सम्बन्धित मुख्य कार्यक्रमहरू सञ्चालन हुँदैछन् ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जारी गरेको तालिकाअनुसार आज बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसपछि बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूले दरखास्त फाराम दर्ता गर्न सक्नेछन् ।
दरखास्त दर्ता प्रक्रिया सकिएपछि दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ । प्रारम्भिक नामावली प्रकाशित भएपछि दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय तोकिएको छ । सबै प्रक्रिया पूरा भएपछि आजै साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन तालिकाअनुसार भोलि (मंगलबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो भने आइतबारदेखि बन्दसत्र काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ ।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार













प्रतिक्रिया