काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताउएका छन् । आज बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफूहरू निर्वाचनको पक्षमा भए पनि सरकार र राजनीतिक दलबीच गहन वार्ता हुन नसकेको बताएका हुन्।

उनले भने, सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र निर्वाचनको वातावरण बिथोलेको छ भन्न पनि नमिल्ने अवस्था रहेको छ ।

advertisement

आफूहरू चुनावको तयारीमा जुटिरहेको र यद्यपी सरकार र राजनीतिक दलहरूबीचको संवाद पर्याप्त नभएको उनको टिप्पणी थियो ।

जेनजी आन्दोलनपछि नेपालमा राजनीतिक दलहरूको समर्थनमा जनता छैनन् भन्ने गलत भाष्य निर्माण गरिए पनि पछिल्ला राजनीतिक दलहरूको कार्यक्रमले त्यो भाष्यलाई पुष्टि नगरेको उनको भनाइ छ । नेपाली जनता सधैँ राजनीतिक आस्थामा रहेको भन्दै उनले निर्वाचन गर्नका निम्ति सरकारले दलहरूसँग संवाद गर्न जरुरी रहेको बताए । वर्तमान अवस्थामा चुनावमा नै देश जाला त ? भन्ने प्रश्न खडा भएको छ, उनले भने ।

  • रासस

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com