काठमाडौं । नेकपा एमालेका नेता सुहाङ नेम्वाङले पार्टीको केन्द्रीय सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको अवस्थामा नेम्वाङ दुवै पक्षको प्यानलमा नपरेपछि उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने निर्णय गरेका हुन्।
उनकाे उम्मेदवारी पार्टीको ११औँ महाधिवेशनमा विविध मत र समर्थन बटुल्ने प्रयासको रूपमा हेरिएको छ।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार













प्रतिक्रिया