काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदैछ। मतदान बिहान १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एमालेले जानकारी दिएको छ।
मतदानका लागि कुल ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ भने थप १० मेसिन ‘ब्याकअप’को रूपमा राखिने व्यवस्था गरिएको छ। एमालेले गत बिहीबार विद्युतीय भोटिङ मेसिन प्रयोगसम्बन्धी सम्झौता गरेको थियो। शुक्रबार पार्टी कार्यालय च्यासलमा मेसिन राखेर नमुना भोटिङ समेत गरिएको थियो।
यस महाधिवेशनमा १९ पदाधिकारी पदका लागि ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व अध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने छ।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया