काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पाएको उपाध्यक्ष पद नलिई केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिँदा भावुक भए।
एमालेभित्र इमान भएका नेतामा गनिने उनको चाहना महासचिव पद थियो तर टीम मिलाउन अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले शंकर पोखरेललाई नै निरन्तरता दिनेगरी प्यानल तयार पारे।
जति वार्ता गरे पनि ज्ञवालीले महासचिव नपाएपछि उनले आफ्नो इमानदारीताको प्रतिफल भने जस्तो नपाएपछि भावुक हुन परेको थियो।
तर मंगलबार उनले एमाले ११औं महाधिवेशनमा आएका प्रतिनिधिसँग पार्टी र देशका निम्ति भन्दै ओली प्यानलका निम्ति नै मत मागेका छन्।
उनले महासचिवको पदको लोभ या प्रतिशोधका निम्ति अर्को ईश्वर पोखरेल प्यानललाई मत माग नगरेका कारण उनको इमानदारीता बलियो रहेको टिप्पणी हुन थालेको छ।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया