एजेन्सी । भारतको मथुरामा आज बिहानै भएको सडक दुर्घटनामा कम्तीमा ४ जनको जलेर मृत्यु भएको छ। बिहान ४ बजेतिर ७ बस, ३ कार एकआपसमा ठोक्किँदा बसमा आगो लागेको थियो।

बसमा आगो लाग्दा ४ जनाको जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। दुर्घटनामा २० वटा एम्बुलेन्सले १ सय ५० बढी घाइतेलाई अस्पताल पुर्याएको जनाइएको छ।

advertisement

एक्सप्रेस वेमा भएको दुर्घटनापछि सडकमा चित्कार मच्चिएको स्थानीय प्रहरीले जनाएको छ।

बसहरू एकआपसमा ठोकिने बितिकै उद्दार्कर्ताहरु पुगेका थिए। बाक्लो हुस्सुका कारण ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com