काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर २ लाख ५९ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया