काठमाडौं । भारतको दिल्ली–आग्रा यमुना एक्सप्रेसवेमा मंगलबार बिहान कुहिरोका कारण भयावह सडक दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
मथुराको बलदेव क्षेत्रमा बिहान साढे ४ बजेतिर भएको दुर्घटनामा ८ वटा बस र ३ वटा साना सवारीसाधन आपसमा ठोक्किएका थिए। दुर्घटनापछि केही सवारीसाधनमा आगो समेत लागेको थियो।
मथुराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्लोक कुमारका अनुसार, यस दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरी र उद्धार टोलीले घटनास्थलमा पुगेर राहत कार्य सुरु गरिसकेको छ।
यमुना एक्सप्रेसवेमा घटेको यो दुर्घटनाले कुहिरो र कम दृश्यता भएका अवस्थामा सवारी चलाउँदा जोखिम उच्च हुने चेतावनी पनि दिएको छ।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया