काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार थापाले औपचारिक रूपमा राजीनामा पत्र बुझाइसकेका छन्। उनी आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने तयारीमा रहेकाले पद त्यागेको बताइएको छ।
राष्ट्रपतिलाई राजनीतिक तथा नीतिगत विषयमा सल्लाह दिने भूमिकामा रहेका थापाको राजीनामापछि राष्ट्रपति सचिवालयको संरचनामा केही परिवर्तन हुने संकेत देखिएको छ।
नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि थापालाई सम्भावित उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरिरहेका बेला उनले संवैधानिक मर्यादा र नैतिक जिम्मेवारीलाई ध्यानमा राख्दै चुनावी प्रतिस्पर्धामा सहभागी हुन पदबाट अलग हुने निर्णय लिएको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया