काठमाडौँ । “हाम्रो सान, हाम्रो स्वाभिमान—राष्ट्रिय झण्डा हाम्रो पहिचान” भन्ने मूल नाराका साथ ८औँ राष्ट्रिय झण्डा दिवस काठमाडौँको बसन्तपुरमा भव्य रूपमा मनाइएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय झण्डासहित युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले नेपालको राष्ट्रिय झण्डाको ऐतिहासिक महत्त्व, गरिमा र राष्ट्रिय एकताको प्रतीकका रूपमा यसको सर्वोच्चतालाई उजागर गरेका थिए।

advertisement

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल विगत १३ वर्षदेखि नेपालको मौलिक संस्कृति, परम्परा, पोशाक तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएको छ। संस्थाले २०७० साल पुस १ गते (सन् २०१४ जनवरी १) देखि नेपाली पोशाक र टोपीलाई विश्वभर चिनाउने उद्देश्यसहित अभियान सुरु गरेको थियो, जसले नेपाली मौलिकताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

नेपालको राष्ट्रिय झण्डाको ऐतिहासिकता र अन्तर्राष्ट्रिय पहिचानलाई जनमानससम्म पुर्‍याउने उद्देश्यले २०७५ साल पुस १ गतेदेखि ‘राष्ट्रिय झण्डा दिवस’ स्थापना गरी विश्वभर मनाउन थालिएको हो। नेपालको राष्ट्रिय झण्डा सन् १९६२ डिसेम्बर १६ (२०१९ साल पुस १ गते) का दिन संयुक्त राष्ट्रसंघमा आधिकारिक रूपमा दर्ता भएको स्मरणमा सो दिनलाई विशेष महत्त्वका साथ मनाइँदै आएको छ।

संस्थापक तथा अध्यक्ष राजानन्द माण्डव्यले राष्ट्रिय झण्डाको गरिमा, महिमा र इतिहासलाई नयाँ पुस्तासम्म जीवन्त रूपमा हस्तान्तरण गर्न झण्डा दिवस मनाउन सुरु गरिएको जानकारी दिनुए। उनले राष्ट्रिय झण्डा केवल कपडाको टुक्रा नभई नेपाली स्वाभिमान, एकता र पहिचानको प्रतीक भएको उल्लेख गरे।

कार्यक्रममा विश्व साइकल यात्री पुष्कर शाहले साइकलसहित सहभागिता जनाउँदै राष्ट्रिय झण्डा दिवसको शुभकामना व्यक्त गरे ।

आयोजक संस्थाले आगामी दिनमा पनि राष्ट्रिय पहिचान, मौलिक संस्कृति र धरोहर संरक्षणसँग सम्बन्धित अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com