काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टी का उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई मंगलबार काठमाडौँको कपन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार ५० वर्षीय लामा विश्वक्रान्ति, कुमार र देवराज लामा नामबाट समेत परिचित छन्। उनीविरुद्ध पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

advertisement

लामा यसअघि २०६८ सालमा काठमाडौँको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा दोषी ठहर भई जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। उक्त विस्फोटमा तीन जनाको मृत्यु भएको थियो। घटनापछि फरार रहेका लामालाई प्रहरीले अनुसन्धान गरी अभियोजन गरेको थियो। अदालतबाट कैद सजायको फैसला भएपछि उनले नख्खु कारागारमा सजाय भुक्तान गरेका थिए।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com