काठमाडौं । नेपाल मगर संघ , रुकुम पूर्व काठमाडौं सम्पर्क समितिको काठमाडौंमा सम्पन्न प्रथम भेलाबाट नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा २५ सदस्यीय नयाँ कार्यसमिति सार्वजनिक गरिएको हो ।

रुकुम पूर्व,भुमे गाउँपालिकाका मदन रोका मगर अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा पुथा-उत्तरगंगा गाउँपालिकाका कुमार बुढा मगर र सिस्ने गाउँपालिका मिना पुन मगर चयन भएका छन् ।

advertisement

सचिवमा कर्ण बुढा मगर चयन भए भने सह-सचिवमा भुमे गाउँपालिकाको नवीन पुन मगर चयन भएका छन। कोषाध्यक्षमा धन कुमार पुन मगर भए भने सह-कोषाध्यक्षमा रामसाही पुन मगर चयन भएका छन् । सदस्यहरुमा कल्पना बुढा मगर, देवी बुढा मगर, पुर्णीमा पुन मगर, पुर्णीमा पुन मगर, सबिना बुढा मगर , जलजला बुढा मगर, गरीमा पुन मगर, माया झाक्री मगर, किरण घर्ती मगर, गिता कुमारी बुढामगर, जोखमान पुन मगर, कुमार रोका मगर, निरजा पुन मगर, जलसी रोका मगर, नारायण बुढा मगर, बिदेश बुढा मगर र मन कुमारी बुढा मगर चयन भएका छ्न ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com