काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णय खारेज हुनुपर्ने मागसहित कांग्रेस सांसदहरूले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले रिट निवेदनको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी सदस्य रहेका छन् ।

advertisement

कांग्रेस सांसद श्याम घिमिरेसहित केही सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com