काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिहरूसँग अनौपचारिक संवादमा सक्रिय देखिएका छन्।

महाधिवेशनको व्यस्त वातावरणबीच अध्यक्ष ओली प्रतिनिधिहरूसँग सहज रूपमा कुराकानी गरिरहेका बेला गायिका ज्योति मगरसँगको एक दृश्यले उपस्थितको ध्यान तानेको छ। अनौपचारिक भेटघाटका क्रममा ओलीले आफ्नो भागको सुन्तला ज्योति मगरलाई दिएका थिए। उक्त क्षण केही प्रतिनिधिहरूले मोबाइलमा कैद गरेपछि तस्बिर र भिडियो सामाजिक सञ्जालमा फैलिएका छन्।

advertisement

महाधिवेशनस्थलमा अध्यक्ष ओली प्रतिनिधिहरूसँग खुला र आत्मीय संवादमा रमाइरहेका देखिन्थे। सोही क्रममा नजिकै रहेकी ज्योति मगरसँग पनि उनले सामान्य सौहार्दपूर्ण व्यवहार देखाएका थिए।

पछिल्ला दिनहरूमा नेकपा एमालेका गतिविधिमा सक्रिय रूपमा देखिँदै आएकी गायिका ज्योति मगर महाधिवेशन अवधिभर विभिन्न उम्मेदवारको समर्थनमा प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत माग्ने कार्यमा संलग्न छिन्। उनी महाधिवेशनस्थलमा ‘रोड शो’ शैलीमा उपस्थित हुँदै प्रचारात्मक गतिविधिमा देखिएकी छन्।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com