काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझ सशक्त र एकताबद्ध भएर अघि बढ्ने बताएका छन्। बुधबार महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखापरे पनि महाधिवेशनपछि पार्टी एक ढिक्का भएर अघि बढ्ने विश्वास व्यक्त गरे।
पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनु लोकतन्त्रको स्वस्थ अभ्यास भएको उल्लेख गर्दै, यसले पार्टीलाई अझ मजबुत बनाउने बताए। राष्ट्रिय राजनीतिमा देखापर्ने चुनौतीहरूको सामना गर्न एमाले सक्षम रहेको उनको दाबी छ।
उनले थपे, ‘एमालेको नेतृत्वमा जो आए पनि राष्ट्रिय राजनीतिका चुनौतीहरू सामना गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने काममा सफल हुनेछ।’
प्रकाशित मिति: २ पुस २०८२, बुधबार













प्रतिक्रिया