काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनअन्तर्गत जारी निर्वाचनमा अहिलेसम्म ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा यो संख्या सोमबार दिउँसोसम्मको विवरण हो।

एमालेका एक नेताका अनुसार, दिउँसो २ः३० बजेसम्म करिब एक चौथाई मत खसिसकेको थियो। नयाँ नेतृत्व चयनका लागि कुल २२६३ जना मतदाता सहभागी छन्।

advertisement

निर्वाचन भइरहेकै बेला मतदान कक्ष बाहिर नेताहरू र कार्यकर्ताहरूले आ–आफ्नो पक्षको प्रचार–प्रसार गरिरहेका छन्। उनीहरूले मतदाताहरूसँग भेटघाट गर्दै आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com